यो विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र सीसीएमसीका संयोजकसमेत रहेका रक्षामन्त्री ईश्वर पोख्रेलबीच विवादसमेत भएको थियो ।
उक्त उडानबाट नेपाल आउन तयार भएर पनि आउन नपाएका यात्रु ल्याउन सरकारले अनुमति दिएको नेपाल वायुसेवा निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।
“हिजो मन्त्रिपरिषद्ले निर्णय गरेर गत मंगलबारको उडानबाट नेपाल आउन नपाएका यात्रुलाई ल्याउन अनुमतिसहितको पत्र निगममा आएको छ,” उनले भनिन् । निगमले २ सय ६२ जनालाई आइतबार नेपाल ल्याउनेछ ।
सीसीएमसीको निर्णयका कारण सबै प्रक्रिया पूरा गरेर एयरपोर्ट पुगिसकेका समेत नेपाल आउन पाएका थिएनन् । एयरपोर्टसम्म आइसकेका यात्रु नेपाल फर्कन नपाएपछि विचल्लीमा परेका छन् । तर, सोही दिन टर्किस एयरलाइन्सले भने २०१ यात्रु लिएर नेपाल आएको थियो ।