सरकारले किसानलाई मल दिएन, भोकमरी लाग्न सक्छः कांग्रेस सांसद दवाडी

 
 
नेपाली कांग्रेस गण्डकी प्रदेशका सांसद तथा संसदीय दलका प्रबक्ता प्रकाशचन्द्र दवाडीले समयमा मल नदिएर सरकार किसानप्रति उदासिन भएको आरोप लगाएका छन् । विहिबार विज्ञप्ती जारी गरि उनले धान रोपाईं सकिएको लामो समय वितिसक्दा पनि किसानले आवश्यक मल नपाउनु खेदजनक भएको बताएका छन्
‘धान गोड्ने बेला छ । किसानले मल पाएनन् । सरकार किसानप्रति गम्भीर भएन,’ उनले भने, ‘जनतामाथी भ्रमको खेती छरेको छ । मलाई चिन्ता लागेको छ । तत्कालै मल उपलब्ध गराओस् ।’
अहिले धानखेतीमा मल नहुँदा पहेंलिन थालिसकेको किसानहरुको गुनासो छ । सांसद दवाडीले अहिले नै गम्भीर नभए धान उत्पादन घट्ने र भोकमरी लाग्न सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराए ।
उनले मल आयातमा भएको ढिलाई र अनियमितताबारे छानवीन गर्न पनि माग गरेका छन् । सांसद दवाडीले सोही अवसरमा विज्ञप्ती मार्फत हरितालिका तिजको शुभकामना दिए ।
Previous Post Next Post