अबैध नदीजन्य पर्दाथ ओसारपसारमा संलग्न गोरखाबाट २ सवारी साधन नियन्त्रणमा


गोरखा, शुक्रबार, २६ भाद्र २०७७ । गोरखा नगरपालिका वडा नम्बर १२ स्थित बाह्रकिलो क्षेत्रबाट प्रहरीले अबैध नदीजन्य पर्दाथ ओसार पोसार गर्ने २ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।
नदीजन्य पर्दाथको अबैध ओसारपोसार भइरहेको गोप्य सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले बिहिबार लु १ त ५६७३ र ग १ त ५२५६ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
दुवै सवारी सधानलाई अबैध बालुवा सहित नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ । नियन्त्रणमा लिइएको सवारी सधानलाई आबश्यक कारवाहीका लागि गोरखा नगरपालिकामा बुझाइएको प्रहरीले जनाएको छ 
Previous Post Next Post