आज आइतबार थप एक हजार ३९ जनामा कोरोना सङ्क्रमित थप


काठमाडौं, आइतबार, २८ भाद्र २०७७ । नेपालमा कोरोना भाइरसका एक हजार ३९ जना सङ्क्रमित थपिएका छन् ।
पछिल्लो चौबीस घण्टामा गरिएको आरटी पीसीआर परीक्षणबाट उक्त सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै हालसम्मका कुल ५४ हजार १५९ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो चौबीस घण्टामा एकहजार १७३ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केका छन् । यससँगै कोरोनाभाइरसबाट निको भएकाहरुको संख्या ३८ हजार ६९७ पुगेको छ ।
संस्थागत अाइसाेलेसनमा सातहजार ७३१ र हाेम अाइसाेलेसनमा सातहजार २८७ रहेका छन् । सकृय सङ्क्रमितहरू १५ हजार ११७ रहेका छन् । क्वारेन्टिनमा छहजार ५३६ रहेका छन् ।
पछिल्लो चौबीस घण्टामा नाैजनाकाे मृत्यु भएकाे छ । याेसँगै काेराेना भाइरसका कारण मृत्यु भएका ३४५ पुगेकाे छ ।
Previous Post Next Post