आज शुक्रबार १ हजार ४ सय ५४ जना कोरोना संक्रमित थप


काठमाडौं, शुक्रबार, २६ भाद्र २०७७ । नेपालमा पछिल्लो २४ घण्टामा १४५४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १० हजार ७०१ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १४५४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर १४५४ जना कोरोना संक्रमित थपिएका हुन ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ सय पुगेको छ । आज १४ हजार ९२५ जना सक्रिय संक्रमित रहेका छन ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ९७२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ३६ हजार ६७२ पुगेको छ ।
संस्थागत आइसोलेसनमा ८ हजार २९१ जना रहनुभएको छ । हाल कोरोना संक्रमित होम आइसोलेसनमा ६ हजार ६३४ जना हुनुहुन्छ ।
क्वारेन्टाइनमा रहनुभएको संख्या ६ हजार ७८ रहेको छ ।
Previous Post Next Post