ओली र प्रचण्डसमेत सहमत भएपछि कुलमान घिसिङको पुर्ननियुक्ति सुनिश्चित


काठमाडौँ, शुक्रबार, २६ भाद्र २०७७ । लामो समयदेखि चर्चामा रहेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पुर्ननियुक्ति हुने लगभग निश्चित भएको छ ।
उर्जामन्त्री वर्षमान पुनले नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डसंगसमेत छलफल गरेपछि आउंदो साताको मन्त्री परिषद् वैठकबाट घिसिङलाई ४ वर्षको लागि पुर्ननियुक्ति गर्न लागिएको हो । स्रोतका अनुसार मन्त्री पुनले त्यसबारेमा घिसिङलाई समेत जानकारी गराइसकेका छन् ।
लामो लोडसेडिङ अन्त्य तथा निकै ठूलो घाटामा गएको प्राधिकरणलाई नाफामा लगेर चर्चामा आएका घिसिङको ४ वर्षे कार्यकाल सकिनै लाग्दा उनको पुर्ननियुक्तिको विषयमा अनेक आशंका व्यक्त गरिदैं आएको थियो ।
सर्वसाधारण तथा नेकपाकै नेता कार्यकताहरुले सामाजिक सन्जाल मार्फत घिसिङलाई पुर्ननियुक्ति दिनको लागि दवाव दिंदै आएका थिए । ‘तर अब घिसिङले पुर्ननियुक्तिको टुंगो लागेको छ । उर्जा मन्त्री मात्र नभएर ओली र प्रचण्डसमेत उनैलाई नियुक्ति पक्षमा रहेकोले अब प्राधिकरण र घिसिङको भविश्य के होला भन्ने बारेमा कुनै शंका गरिरहनु पर्ने अवस्था रहेन’ उर्जा मन्त्री पुन निकट स्रोतले भन्यो ।
घिसिङको कार्यकाल आउंदो सोमवार सकिदैंछ । त्यसपछि वस्ने मन्त्रीपरिषद वैठकले नियुक्तिको प्रकृया टुंगो लगाउने भएको छ ।
Previous Post Next Post