काठमाडौंमा धोबीखोलाले मान्छे बगाएर बेपत्ता बनायाे

काठमाडौं, ८ असाेज । वर्षासँगै काठमाडौंमा धोबीखोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् ।
बुधबार दोलखा घर भएका ६५ वर्षका हरिबहादुर कार्कीलाई खाेलाले बगाएको महानगरीय प्रहरी वृत्त गौशालाले जानकारी दिएको छ ।
गौशालाका डीएसपी जितेन्द्रकुमार बस्नेतले कालोपुल क्षेत्रमा तरकारी पसल सञ्चालन गर्ने कार्कीलाई फेला पार्न नसकिएको जानकारी दिएका छन् ।
Previous Post Next Post