आज बुधबार नेपालमा कोभिड-१९ का एक हजार ८१ सङ्क्रमित थप


काठमाडौँ, २४ भाद्र २०७७ । नेपालमा कोभिड–१९ का एकहजार ८१ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा गरिएको पीसीआर परीक्षणबाट पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । थपिएका सङ्क्रमितसँगै देशभरि कुल सङ्क्रमितको सङ्ख्या ४९ हजार २१९ पुगेकाे हाे । सकृय सङ्क्रमित १५ हजार २५ रहेका छन् ।
प्रवक्ता डा. गौतमले हालसम्म ३३ हजार ८८२ जना कोभिड–१९ सङक्रमित निको भएर घर फर्केकाे बताउनुभयाे । पछिल्लो चौबीस घण्टामा नाैसय १८ जना निकाे भएका छन् ।
आइसाेलेसनमा १५ हजार २५ रहेका छन् । क्वारेन्टिनमा पाँचहजार ४८० जना सङ्क्रमित रहेका छन् ।
पछिल्लो चौबीस घण्टामा छ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा तीनसय १२ जनाकाे काेराेना भाइरसका कारण मृत्यु भएकाे छ ।
Previous Post Next Post