पुल्चोकमा रथ तान्ने युवा र प्रहरीबीच झडप, सशस्त्र प्रहरी परिचालन


काठमाडौं, बिहिबार, १८ भाद्र २०७७ । रातो मछिन्द्रनाथको रथ तान्न खोज्ने स्थानीय र त्यसलाई रोक्न खोज्ने प्रहरीबीच झडप भएको छ । उपत्यका प्रशासनले गरेको निषेधाज्ञा उल्लंघन गर्दै युवाहरुले बिहिबार ११ बजेपछि जबरजस्ती रथलाई घिच्याउँदै पुल्चोकको मुल सडकमा पुर्‍याएका थिए ।
प्रहरीले भिडलाई हटाउन पानीको फोहोरा छाडेका छन् । सयौंको संख्यामा जम्मा भएका युवाहरुलाई हटाउन प्रहरीले बल प्रयोग गरेपछि प्रहरीमाथि युवाहरुले ढुंगामुढा गरेका छन् ।
सो क्षेत्रमा अहिले सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ ।
Previous Post Next Post