कोरोनाबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या ३०० पुग्यो


काठमाडौँ, सोमबार, २२ भाद्र २०७७ । पछिल्लो २४ घण्टामा नेपालका थप ११ जना कोराना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । यससँगै नेपालमा कोराना सङ्क्रमणबाट ज्यान गुमाउनेहरुको संख्या ३०० पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार ४ जना महिलाहरु काठमाडौँका ३७, ९०, र ८३ वर्षीय र कास्कीकी ६३ वर्षीय तथा ७ जना पुरुषहरु मोरङ्गका ७६ वर्षीय, सिराहाका ८७ र ६२ वर्षीय, सर्लाहीका ३५ वर्षीय, मकवानपुरका ३९ वर्षीय, दोलखाका ६९ वर्षीय र बाँकेका ५९ वर्षीय गरि जम्मा ९ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको हो ।
नेपालमा कोराना सङ्क्रमणबाट गत साता मात्रै ७३ तथा हिजो ९ जनाले ज्यान गुमाएका थिए ।
नेपालका ५ जिल्लाहरु ताप्लेजुङ्ग, डोल्पा, मुस्ताङ्ग, मुगु र हुम्ला अहिले कोरोना संक्रमित छैनन् । त्यस्तै, काठमाडौँ, ललितपुर, बारा, चितवन, पर्सा, धनुषा, रुपन्देही, रौतहट, सर्लाही, सुनसरी र मोरङ्गमा ५ सय भन्दा बढी सङ्क्रमित रहेका छन् । हालसम्म नेपालमा ३० हजार ६ सय ७७ जना निको भएका छन् भने ३०० जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानका थप ९ सय ७९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै कुल सङ्क्रमितको संख्या ४७ हजार २ सय ३६ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ।
सोहि अवधिमा काठमाडौँ उपत्यका जिल्लाहरु काठमाडौँमा २९३, भक्तपुरमा १३, तथा ललितपुरका २० जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
आजै एक हजार ७३६ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले जानकारी दिनु भयो । त्यस्तै, हाल नेपालमा १६ हजार २ सय ५९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
Previous Post Next Post