उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर यातायात, व्यापार/व्यवसाय क्षेत्रका लागि बिहीबारदेखि निषेधाज्ञा खुलाउने निर्णय गरेका हुन् ।
भोलिबाट जोर-बिजोर प्रणालिबाट सार्वजनिक यातायात सञ्चालन गर्न दिइनेछ । यसैगरी, पसल पनि समय निर्धारण गरेर सञ्चालन गर्ने दिइने भएको छ ।
भदौ ३ गतेदेखि सुरु भएको उपत्यकाको निषेधाज्ञा बुधबार राति सकिँदैछ ।