२४ घण्टामा थपिए १२ सय ४ जना कोरोना संक्रमित


काठमाडौं, शनिबार, ३ असोज २०७७ । नेपालमा कोरोना भाइरसका एक हजार २ सय ४ जना सङ्क्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार २०४ जना सङ्क्रमित थपिएका हुन् ।
मन्त्रालयले दैनिक प्रेस ब्रिफिङ्को क्रममा थपिएका नयाँ सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या ६२ हजार ७ सय ९७ पुगेको छ ।
पछिल्लो चौबीस घण्टामा एक हजार ४४७ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । कुल ४५ हजार २६७ जना निको भएका छन् । हाल १७ हजार १२९ जनामा सङ्क्रमण सक्रिय रहेको छ ।
Previous Post Next Post