थप १७ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४५३ पुग्यो

काठमाडौँ, ८ असोज । नेपालमा कोरोनभाइरस संक्रमणका कारण गत २४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ ।
बिहीबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाका थप १७ कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका छन् ।
यससँगै मृतकको संख्या ४ सय ५३ पुगेको छ ।
बिहीबार देशभर थप १ हजार ४ सय ९७ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । त्यस्तै, थप ४ सय ५७ जना उपचारपछि संक्रमणमुक्त भएका छन् ।
Previous Post Next Post