उनीहरुले भदौ २६ गते हुने भनिएको पार्टीको स्थायी कमिटीको बैठकको एजेण्डा तय गरेको स्रोतले बताएको छ ।
छलफलमा पार्टीको विवाद समाधानका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदन नै स्थायी कमिटीको एजेण्डा हुने निर्णय भएको हो ।
यसअघि सचिवालय बैठकले दुई अध्यक्षलाई कार्यदलको प्रतिवेदनमा केही परिमार्जनसहित एजेण्डा तय गर्ने जिम्मा दिएको थियो । गत साउन १३ गतेदेखि अन्योलमा रहेको स्थायी कमिटी बैठक शुक्रबार बस्दैछ ।