फुटबलमा मेस्सी ‘नम्बर वान’ : राकिटिक


 विराटनगर, ५ मंसिर । क्रोएशियन मिडफिल्डर इभान राकिटिकले पूर्वसहकर्मी लियोनल मेस्सी फुटबलमा ‘नम्बर वान’ भएको बताएका छन् ।

यसै समर ट्रान्सफरमा सेभिल्लामा अनुबन्धित राकिटिकले मेस्सीसँग खेल्ने आफ्नो सपना पूरा भएको उल्लेख गर्दै फुटबलमा मेस्सी नम्बर वान भएको बताए ।

राकिटिक १८ मिलियन युरोमा क्याप नोउबाट यसै सिजन मात्र सेभिल्लामा अनुबन्ध भएका हुन् । २०१४ मा सेभिल्लाबाट नै बार्सिलोना आएका मेस्सीसँग छ वर्ष खेलेका थिए ।

मैदानमा मेस्सी र राकिटिकको समन्वय धेरै राम्रो थियो । उनले बार्सिलोनाबाट चार ला लिगा र एउटा च्याम्पियन्स लिगको उपाधि जितेका थिए ।

‘मेस्सी अर्कै स्तरमा छन् । अन्य महान खेलाडीलाई सम्मान गर्दै भन्नुपर्दा यदि, कोही एक फुटबलमा नम्बर वान छ भने त्यो मेस्सी नै हो । उनीसँगको ३११ खेल खेल्न पाउँदा खुशी छु । यो मेरो सपना थियो,’ उनले फिफासँगको कुराकानीमा भने ।

‘मैले धेरै आनन्द लिएँ । सबै कुराका लागि धन्यवाद छ लियो, तिमीलाई थाहा छैन होला मैले तिमीसँग खेल्न पाउँदा आफूमा सुधार पाएको छु’, उनले थपे ।

Previous Post Next Post