भिमसेन थापा गाउँपालिका अध्यक्ष ईश्वर पान्डेलाई कोरोना संक्रमण

  


गोरखा, बुधबार, १५ पुस २०७७ । गोरखाको भिमसेन थापा गाउँपालिकाका अध्यक्ष इश्वर पाण्डेलाई कोरोना संक्रमणको पुष्टी भएको छ ।

गण्डकी क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको कोरोना परीक्षणका क्रममा अध्यक्ष पाण्डेलाई संक्रमण पुष्टी भएको हो । अध्यक्ष पाण्डेले सामाजिक सञ्जाल मार्फत आफुलाई सक्रमण भएको पुष्टी भएको जानकारी गराउनु भएको हो ।

मेरो प्रत्यक्ष सम्पर्कमा रहनुभएका सम्पुर्ण महानुभावहरु सजकता अपनाइ सुरक्षित रहिदिनु हुन अनुरोध गर्दै ‘बिगत केहि समय देखि मेरो स्वास्थमा समस्या आएकाले पिसिआर परीक्षण गराउदा रिर्पोट पोजेटिभ आएको छ, उहाँले सामजिक सज्जालमा लेख्नुभएको छ ।

Previous Post Next Post