भोलिदेखि काठमाडौं उपत्यकामा जोर-बिजोर प्रणाली हट्ने


काठमाडौँ, बिहिबार, २ पौष २०७७ । काठमाडौं उपत्यकामा शुक्रबारदेखि जोर-बिजोर प्रणाली हट्ने भएको छ ।

बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको प्रशासनका अधिकारी, सुरक्षा निकायका प्रतिनिधि, यातायात व्यवस्था विभागका प्रतिनिधि तथा यातायात व्यवसायी तथा मजदुरबीचको बैठकले सार्वजनिक सवारीमा जोर-बिजोर प्रणली कायम गर्दा झनै भीड बढेको निष्कर्ष निकाल्दै भोलिबाट उक्त प्रणली हटाउने निर्णय गरेको हो ।

बैठकमा भएको सहमति अनुसार तोकिएको स्वास्थ्य मापदण्ड पालना गरेर सार्वजनिक र निजी सवारी चल्नेछन् ।

पछिल्लोसमय सरकारले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जोर-बिजार प्रणाली लागू गरेपछि सार्वजनिक सवारीमा ठूलो भीडभाड हुन थालेको छ । त्यसपछि व्यवसायी तथा सर्वसाधारणले जोर-बिजार प्रणाली हटाउन माग गरेका थिए ।

Previous Post Next Post