गोरखाको भिमसेन थापा ३ दुर्घटनाका घाइते भेटेर प्रवक्ता श्रेष्ठद्धारा स्वास्थ्यलाभको कामना

  


गोरखा, २ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश) ले गोरखाको भीमसेन थापा गाउँपालिका–३ तान्द्राङमा हिजो भएको बस दुर्घटनाका घाइतेलाई भेटेर स्वास्थ्य लाभको कामना गर्नुभएको छ । दुर्घटनामा परि गम्भीर घाइते भई काठमाण्डौंको ग्राण्डी अस्पतालमा उपचाररत घाइतेहरुलाई भेटेर प्रवक्ता श्रेष्ठले स्वास्थ्य लाभको कामना सहित आबश्यक उपचारमा समस्या परेमा जानकारी गराउन आग्रह गर्नुभएको हो ।

उहाँहरुलाई भेट्न प्रवक्ता श्रेष्ठ आज बिहान अस्पताल पुग्नुभएको थियो । काठमाण्डौबाट आरुघाटको सोती तर्फ जादै गरेको ग १ ख ९४४६ नम्बरको रात्री बस सिमलाफेद नजिकै हिजो बिहान करिब ४: ३० बजे दुर्घटनामा परेको थियो । दुर्घटनामा परि जिल्लाको धार्चे गाउँपालिका २ जना र भीमसेन थापा गाउँपालिकाका ३ जना गम्भीर घाइते भएका थिए । अन्य १७ जना सामन्य घाइते भएका थिए । घाइतेहरुको तत्कालै उद्धार गरि उपचारका लागि काठमाण्डौंको ग्राण्डी अस्पताल पठाइएको थियो ।

Previous Post Next Post