गोरखामा प्रतिनिधि सभा निर्वाचन लक्षित भर्ना गरिएका निर्वाचन प्रहरीको तालिम सकियो

Gorkha Dev

माघ २९ गते, गोरखा ।

गोरखामा प्रतिनिधि सभा निर्वाचन लक्षित भर्ना गरिएका निर्वाचन प्रहरीको तालिम सकिएको छ । २१ फागुनमा हुने निर्वाचनका लागि भर्ना गरिएको निर्वाचन प्रहरीको १० दिने तालिम मंगलबार सम्पन्न भएको जिल्ला प्रहरी कार्यलय गोरखाका प्रहरी नायब उपरिक्षक एबम् सुचना अधिकारी राजकुमार श्रेष्ठले जनाकारी दिनुभयो ।

तालिम सम्पन्न भएपछि फिल्डमा उत्रने बताइएको थियो । तर बन्दोबस्तीका सामान (लौरो, सिट्टी, पोशाक, जुत्ता) हरू तयारी नभएका कारण फिल्डमा उत्रन भने केही दिन लाग्ने भएको उहाँले बताउनुभयो ।

सुचना अधिकारी राजकुमार श्रेष्ठका अनुसार पोशाक तयार भइनसकेका कारण फिल्डमा उत्रन अझै केही दिन लाग्नेछ । देशैभरी सञ्चालन गरिएको निर्वाचन प्रहरीको तालिम भने सकिएको छ ।

निर्वाचनलाई लक्षित गरेर गोरखामा २ हजार २ सय ४ जना निर्वाचन प्रहरी भर्ना गरीएको थियो । आगामी निर्वाचनमा गोरखामा नेपाल प्रहरीबाट १ हजार ९ सय ८६ जना सुरक्षाकर्मी परिचालन हुँदैछन् ।

गोरखामा नेपाली सेना, शसस्त्र प्रहरीबल नेपालका सुरक्षाकर्मी पनि आश्यकताको आधारमा परिचालन गरीने जिल्ला प्रशासन कार्यलय गोरखाले जनाएको छ ।

प्रतिक्रिया