बारपाक सुलिकोटमा ‘तारा’को भव्य जनलहर

Nar Bahadur Gurung

फागुन ४ गते, गोरखा ।

नेपाली कम्युनिष्ट पार्टीको चुनाव चिन्ह ‘तारा’प्रति बारपाक सुलिकोटमा जनताको भव्य सहभागिता देखिएको छ। गोरखा क्षेत्र नं. २ का उम्मेद्वार लेखनाथ न्यौपानेले माघ २७ देखि फागुन ३ सम्म गरेको घरदैलो तथा जनसंवाद कार्यक्रमको क्रममा उत्साहपूरण जनलहर देखिएको हो । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि जनभेटघाटमा सक्रिय न्यौपानेको त्याग र इमान्दारिताको सहभागीहरूले खुलेर प्रशंसा गरेका थियो । जनभेटघाट राम्चे, गैरीछाप, बालुवा, धारापानी, देउराली, अमले, मुलाबारी, पन्द्रुङ, जराङडाँडा, तल्लो जराङ, गुर्दुम, बहाकोट, भन्ज्याङ, मैलुङ, पाल्खु, कोटथोक, मेलबोट, दुगुर्ने, मोहोरिया, डाँडागाउँ, मसार, आपस्वारा, आरुखर्क, भालुस्वारा, लाकुरीबोट, भालेढुङ्गा, पोखरी गैरा, डाँडाथोक, लामगरा, हुडींफाट, लायगाउँ, स्वारागाउँ, रातमाटे, स्तुलखोला, क्यामथली, चित्रे, खार्चोक, माझथर, सिरानथर, ठोट्नेरी, थला, क्वोलस्वाँरा, भन्डारीगाउँ, बन्चोक, चुनडाँडा, ग्याजी, सौरपानी भन्ज्याङ, थानीथान, फुन्चोक, खारुङ, टुक्राङ, नलपाङ, जौबारी, झाक्रीस्वाँरा, बर्दिडाँडा, सिम्बु, केवरा, कुलगाउँ, रन्चोक, पोखरी, राङरुङ, झोलुङ्गे, स्नान, मान्द्रे, तुम्सिका, रितुका, अलगाउँ, बारपाक ठुलो गाउँ लगायतका गाउँबस्तिहरूमा गरेका थिए । त्यस्तै बारपाकको खिम्बुगाउँ, सोर्ता, मणीडाँडा, कोटभन्ज्याङ, लाकुरीबोट लगायत ठुलगाउँका विभिन्न टोलहरूमा घरदैलो र जनभेटघाट कार्यक्रम सम्पन्न गरेका थिए।
उम्मेद्वार न्यौपानेले स्थानीय समस्या, सुझाव सुनेर पार्टीको नीति तथा बिकासको मोडेलबारे आफ्नो यजना राख्दै आगामी निर्वाचनमा ‘तारा’ चिन्हमा मतदान गर्न अपिल गरेका थिए ।
तत्कालिन माओवादीले संचालन गरेको १० बर्षे युद्धमा साढे चार बर्ष जेल बिताएका र जनयुद्धका घाइते समते रहेका न्यौपानेका श्रीमति पनि युद्धकै क्रममा मारिएका हुन् । माओवादीको बिद्यार्थी संगठनको ८ बर्षसम्म अध्यक्ष भई नेतृत्व गरिसकेका न्यौपाने पार्टीभित्र बौद्धिक र बैचारिक नेता मानिन्छन् ।


प्रतिक्रिया